दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८ को ५ उत्कृष्ट मनोनयन सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ २२,काठमाडौँ । दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८ को उत्कृष्ट ५ मनोनयन कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा विभिन्न ५० विधातर्फ उत्कृष्ट ५ जनालाई मनोनयन गरिएको हो । वरिष्ठ गायक सुरेश अधिकारी प्रमुख अतिथी रहेको कार्यक्रममा विभिन्न गायक, कलाकार, संगीतकार, भिडियो निर्माताहरूलाई मनोनयन गरिएको थियो ।

बरिष्ठ साहित्यकार लेखक प्रकास सायमीले अवार्डले स्रस्टालाई थप हौसला दिने बताए । महर्सी स्कुलका प्रीन्सिपल निर्मल पौडेल स्मिता स्नेहा इन्टर्टेन्मेन्टका ममता जिसी, गायक माइक खड्का, एभेन्ट मेनेजर सूर्य चन्द लगायतले आफ्नो भनाइ राखेका थिए । नोमिनेसन कार्यक्रममा गायक शिब परियार, स्वरुप राज आचार्य, प्रमोद खरेल, प्रकाश सपुत लगायत कलाकारहरू मनोनयनमा परेका छन् । ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा गत वर्षदेखि यो अवार्ड प्रदान गरिँदै आइएको छ । कार्यक्रमका निर्देशक सुनिल बिसीले आगामी वर्षहरूमा पनि यो अवार्डलाई निरन्तरता दिने बताए ।

गायक तथा प्रस्तोता राजेश बर्देवाले कार्यक्रम सन्चालन गरेका थिए । आयोजकले जेठ १४ गते नोमिनेशन सार्वजनिक तथा वितरण गरेको थियो । जसका लागि आवेदन मिति १० गतेसम्म कायम गरिएको थियो । अवार्ड कार्यक्रम गत वर्ष पनि भव्यताका साथ सम्पन्न भएको थियो । अवार्डमा ४० प्रतिशत भोटिङबाट, ५० प्रतिशत निर्णायकबाट र १० प्रतिशत आयोजकबाट निर्णय गरिने आयोजकले जनाएको छ । आगमी फाइनल कार्यक्रम भने असार १२ गते हुने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस