अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाडौँ । अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले पाँच गोल गरे । खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए ।

खेलको ७१ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको लागि चौंथो गोल गरे । त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले व्यक्तिगत पाँचौं गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

ताजा अपडेट

खोजी गर्नुहोस