भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटनामा २६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २३, काठमाडौँ । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

चालक र सहचालकसहित २८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री शिवराज चौहानले राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मृतकको शव परिवारको इच्छा अनुसार व्यवस्थापन गरिने जनाएका छन् ।

यस्तै भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख रुपैया र घाइतेको उपचारका लागि तत्काल ५० हजारको राहत घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस