आज १२ जिल्लाका साना नदीहरूमा बहाव बढ्नसक्ने, सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाडौँ । आज देशका १२ जिल्लाका साना नदी नालाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस