माछापुच्छ्रे बैँकद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण

जेठ २३,काठमाडौँ । माछापुच्छे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवाप्रदानगर्दै आइरहेको ।

संम्बन्धित समचार

Leave a Reply