धादिङ,सप्तरीसहित सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु

Post Thumbnail

जेठ २३, काठमाण्डौ । सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार मृत्यु भएको हो । पंखा चलाउन मल्टिपल्ग जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । उक्त ठाउँस्थित भित्री सडकको निर्माणको लागि मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको बा।प्र।०३–००१ ख२११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका–६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस