भारतको उत्तरकाशीमा बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाण्डौ । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

त्यस बसमा मध्यप्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए । भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस