रुस–युक्रेन युद्धलगायतका मौसमी कारकहरूले विश्वसामु खाद्य संकट खडा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाण्डौ । तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्धलगायतका मौसमी कारकहरूले विश्वसामु खाद्य संकट खडा गरेको छ । सबै देशहरू पहिले आफ्नो आवश्यकता पूरा गर्न केन्द्रित छन्। यसै कारण भारतले गहुँलगायत केही अत्यावश्यक वस्तुको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । तर, भारतको यो निर्णयले विश्व बजारमा प्रतिकूल प्रभाव परेको छ । निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वमा गहुँको मूल्य ह्वात्तै बढेको छ र रेकर्ड उच्च स्तरको नजिक पुगेको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन एफएओका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि दुवै देशमा गहुँको उत्पादन कम हुने अनुमान गरिएको छ । यसैबीच भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । जसका कारण जेठमा लगातार चौथो महिना गहुँको भाउ बढेको हो । विश्वमा गहुँको मूल्य मे महिनामा ५.६ प्रतिशतले बढेको छ र हाल गत वर्षको मे महिनाको तुलनामा ५६.२ प्रतिशतले बढेको छ । यो मार्च २००८ को रेकर्ड स्तरभन्दा ११ प्रतिशत मात्र कम हो ।

ताजा अपडेट

खोजी गर्नुहोस