रोकियो शपथ ! अब बजेट पासपछि मात्रै मन्त्री हेरफेर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २२,काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।

यो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ। तत्काल मन्त्री परिवर्तन नगर्ने, अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ। थप छलफल गरेर बजेट पासपछि मात्रै मन्त्री हेरफेर गर्ने दलहरुबीच सहमती भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस