साप्ताहिक बिदा दुई दिन दिने निर्णय खारेजको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

जेठ २३, काठमाडौं । सरकारले जेठ १ गतेबाट लागु हुने गरी साप्ताहिक बिदा दुई दिन दिने निर्णय खारेजको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ ।

साप्ताहिक बिदा २ दिने दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले रिट निवेदन दर्ता गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा हचुवाको भरमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको जिकिर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस