१० बुदे सहमतिपछि उठ्ने भो उपत्यकाको फोहोर , के- के भयो सहमति ?

Post Thumbnail

जेठ २३, काठमाडौ । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट १० बुदामा मन्त्रालय,महानगर र प्रभावितको तर्फबाट सहमति भएपछि काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठ्ने भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरुबीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो ।

स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुनिबेशी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस