फर्पिङमा मृत फेला परेका युवा–युवतीको पहिचान खुल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २४, काठमाण्डौ । काठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो । मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमाल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको थियो । उनीहरुको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस