बर्दियामा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाण्डौ । जंगली जनावर बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै बर्दियामा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा सोमबार १ जनाको मृत्यु भएको थियो । घटनाको अनुसन्धानका लागि भन्दै गृह मन्त्रालयले मंगलबार ५ सदस्यीय समिति गठन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस