काठमाडौँको फोहोर बोकेको गाडी फेरी रोकियो, स्थानीयहरूद्धारा सम्झौता अस्वीकार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाण्डौ । काठमाडौँको फोहोर बोकेको गाडी फेरी रोकिएको छ । नुवाकोट सिसडोलका स्थानीयवासीले फोहोरको गाडी रोकेका हुन् । सम्झौता स्थानीयहरूले अस्वीकार गरेका छन् । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्नेछ । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस