सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु, १० जना घाइते

Post Thumbnail

जेठ २४, काठमाण्डौ । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । तर केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज ०२७७ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस