राप्रपाले राजनीतिकसहित विभिन्न ५ विभाग प्रमुख तोक्यो (नामसहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजनीतिकसहित विभिन्न ५ विभाग प्रमुख तोकेको छ । पार्टी विधानअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई राजनीतिक विभाग प्रमुख, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी तोकेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार जानकारी दिए ।


त्यस्तै महामन्त्रीद्वय धवलशम्शेर राणाले संगठन विभाग र भुवनकुमार पाठकले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मा पाएका छन् । स्वास्थ्य विभागको नेतृत्वमा भने प्रा डा रामप्रसाद उप्रेतीलाई मनोनीत गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस