भ्रष्टाचार मुद्धा लागेका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । भ्रष्टाचार मुद्धा विचाराधीन रहेको र कसुर ठहर भएका चार जना स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि बनेको भन्दै निलम्बनका लागि सिफारिस गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा विचाराधीन रहेका २ जना तत्कालीन वडाअध्यक्ष पुन निर्वाचित भएको भन्दै निलम्बनका लागि संघीय मामिला थथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धीत स्थानीय तहमा लेखी पठाएको हो ।

कैलाली मोहन्याल गाउँपालिका २ का तत्कालीन वडाअध्यक्ष देवीदत्त उपाध्याय र वडानम्बर ३ का वडाअध्यक्ष नन्दराम गिरी पुन निर्वाचित भएका हुन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर छ ।

यसैगरी विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका नुवाकोटको बिदुर नगरपालिका वडानम्बर ९ स्थित सुलक्षण माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिराम भण्डारी पनि वडाअध्यक्षमा निर्वाचित भएका हुन् । यो मुद्धा पनि विचाराधीन अवस्थामै रहेको अख्तियारले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा वहाल रहेको कसुर भइ पाँच हजार जरिवाना भएका एक शिक्षकलाई पनि निलम्बनका लािग सिफारिस गरिएको छ । अछामका पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ७ को कालीदेवी माध्यमिक विद्यालय प्राथमिक तहका शिक्ष सुरत बहादुर रावल हालै सम्पन्न चुनावबाट वडाअध्यक्षमा निर्वाचित भएका अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस