लुम्बिनी र प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २५, बुधबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । प्रदेश १ सरकारले आज आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश १ सरकारले कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

लुम्बिनी सरकारले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस