जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

जेठ २५, वीरगञ्ज । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादबले भोलि शुक्रबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले पर्सासंग कुनै गठबन्धन नभएको बताएका छन् । पुजन होटलमा हामी हाम्रो निर्वाचित पाँचजना संगै बसेर छलफल गरी रहँदा अचानक एमालेका केही नेताहरु आउन थालेपछि आफु त्यहाँबाट उठेर हिंडेको भन्दै कहीं कोही संग लिखित वा मौखिक समझदारी नभएको भन्दै केन्द्रबाट लिखित परिपत्र पठाए बमोजिम गर्नु पर्ने अडानमा अहिले पनि कायम रहेको बताए ।

पार्टी भित्र कुनै ब्यक्तिलाई सिंगल हिरो बन्ने चाहना जागृत भएको र त्यो समस्या पर्सा एमाले भित्र पनि रहेकोले प्रतिगमन विरुद्ध गठबन्धन गरेर हामी लड्दै आएर जनताको बीचमा गई जीत हासिल गरेको कुरालाई आफुले नबिर्सेको बताए ।

बिहिबार बिहान हामी संग कुरा गर्दै अध्यक्ष यादवले हामीले पनि जित्नको लागि समन्वय समितिमा अध्यक्षको उम्मेद्वारी दिएको चर्चा गर्दै आफूले मत हाल्न कसैलाई व्हिप जारी नगर्ने बताए।

नेकपा एमाले पर्सा बीचपनि भुसको आगो जस्तै विवाद सल्किएको छ । नाम उल्लेख गर्न नचाहने एक केन्द्रीय सदस्यका अनुसार गणितिय हिसाबले जसपा भन्दा दोब्बर बढी संख्यामा रहेको एमाले पर्सामा सबलाई माईनस गरेर केन्द्रीय सदस्य राजकुमार गुप्ता अगाडी बढदा समस्या उत्पन्न भएको बताएका छन् ।

पार्टीको कुनै आधिकारिक निकायमा छलफलनै नगरी गुप्ताले एक्लै जसपाका (वन मैन हिरो) सांसद प्रदीप यादब सँग सम्झौता गरी जिल्ला समन्वय समितिको सभापति जसपालाई दिएकोमा व्यापक असन्तुष्टी बढेको छ ।

शक्ति संतुलनको हिसावले पर्साको १० वटा एमालेको मत मध्ये राजकुमारजीको हातमा तीन वटा मत रहेको बताइन्छ ।

संम्बन्धित समचार

Leave a Reply