धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

Post Thumbnail

जेठ २६, काठमाण्डौ । धादिङको धुनिबेशी नगरपालिका ६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस