धुनिवेशी–६ चालिसेमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २६,धादिङ । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेंशी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस