पर्सा जिसस अध्यक्षको लागि कांग्रेस नेता चौरसियाको उम्मेदवारी

दिपु वर्णवाल

जेठ २६,वीरगञ्ज । यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचन सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । भने नेपाली कांग्रेसबाट उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको छ।

सरोज चौरसिया नेपाली कांग्रेसको भातृ संगठनको नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीतिक सुरु गर्दै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाले जिल्ला समन्वय समिति पर्साको सभापतिमा उम्मेद्वारी दिएपछि कांग्रेसका युवा नेताहरु उत्साहित छन् ।

पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा चिरपरिचित समेत छन् ।

सरोज चौरसिया सक्रिय सामाजिक अभियन्ताका रुपमा पर्सेली जनताहरूको चिर–परिचित व्यक्ति हुन्।

चौरसियाले करिब १५ वर्ष विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् ।

पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दानरहेको छ । उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्लाको संयोजक समेत भएर ४ वर्ष काम गरेकसछन ।

युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा दिसा पिसाब नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो ।

खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि सरोज चौरसिया ले गरे ।

संम्बन्धित समचार

Leave a Reply