‘राजसंस्था अहिले नेपालको आबश्यकता हैन, अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छः’ कमल थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । उनले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने बताए ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका थापाले संघिय संसदबाट राष्ट्रपति निर्वाचन हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरे । उनले नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकिएको भन्दै अब जनताको मत जितेर मात्रै राजसंस्था पुर्नस्थापना हुन सक्ने दाबी गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस