काठमाडौँको फोहोर आजदेखि उठ्ने, मध्यरातमा १८ बुँदे सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ । गएराति आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति काठमाडौं महानगरपालिका र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको हो ।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ । यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस