फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जेठ २७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर आठ, डिजलरमट्टीतेलमा प्रतिलिटर १२/१२ रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

संम्बन्धित समचार

Leave a Comment