विपद् कोषमा अबौं रकम, पीडितले भने पाएनन्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौं । विभिन्न विपद्बाट प्रभावित जनतालाई तत्काल राहत तथा उद्धार एवं पुर्नस्थापनाका लागि सरकारी कोषमा अबौं रकम रहेपनि पीडितले पाउन सकेका छैनन् । कोषमा अहिले ६ अर्ब ७९ करोड ९० लाख ९ हजार रकम मौजात रहेको पाइएको छ ।

प्रकोप पूर्वतयारी सञ्जालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हाल प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा तीन अर्ब पाँच करोड ९१ लाख रुपैयाँ रकम मौजाद रहेको जानकारी दिए ।

यस्तै राष्ट्रिय विपद् व्यवस्थापन कोषमा दुई अर्ब ६ करोड, प्रदेश विपद् व्यवस्थापन कोषमा ५९ करोड ४४ लाख ९० हजार र जिल्ला विपद् व्यवस्थापन कोषमा १ अर्ब आठ करोड ५४ लाख १९ हजार मौजात रहेको भट्टराईले बताए ।

केन्द्रीयस्तरदेखि स्थानीय तहसम्मले विभिन्न राहत कोषहरुको स्थापना गरेपनि त्यसको खर्च गर्ने कार्ययोजना नबन्दा विपद्बाट प्रभावित समुदाय एवं राहत उद्धारमा संलग्न निकायहरुले वर्षौंसम्म भक्तानी पाउन नसकेको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस