सैनामैनाको एक कपास उद्योगमा आगलागी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौं । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस