जेठ २७,जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
४ जना गम्भीर घाइते भएका छन् भने अन्य ४ जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए ।
सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको प्रजिअ शाहीले बताए ।
गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए।