धादिङको त्रिपुरासुुन्दरी –५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

Post Thumbnail

जेठ २७,धादिङ । धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण बेपता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए।

गएरातिको अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएको लेदोले घर पुरिएको प्रहरीले जनाएको छ ।

घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन ।

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ । स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस