मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २७,मोरङ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायममुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन ।

सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९७ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस