देशका सवै भूभागमा केही दिनपछि मनसुनी प्रणाली प्रवेश गर्ने अनुमान

जेठ २७, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार, जेठ २७ गतेको मध्यान्हसम्म प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन प्रवेश गरेको छ । देशका बाँकी भूभागमा केही दिनपछि मनसुनी प्रणाली प्रवेश गर्ने अनुमान गरिएको छ ।

यस वर्षको मनसुन सरदर मिति भन्दा अघि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन भए पनि यस वर्ष भने ५ जुन मै मनसुनी वायु प्रवेश गरेको थियो। नेपालमा पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेर क्रमशः पश्चिमतिर सर्दै जान्छ ।

संम्बन्धित समचार

Leave a Reply