बलिउड अभिनेता सलमान खानको हत्या प्रयास !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २७,काठमाडौँ । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।

सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।

जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस