निर्मल बुद्धभुमी बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । किर्तीपुरमा रहेको निर्मल बुद्धभुमी बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो क्रममा संस्थाले आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आगामी लक्ष्य र रणनितिको बारेमा जानकारी समेत गराएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय सहकारी बैँकका सञ्चालक तथा राष्ट्रिय जिल्ला सहकारी संघका उपाध्यक्ष ज्ञान बहादुर तामाङले सहकारी क्षेत्रले मुलुकको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सहकारीको अझै सफलताको कामना गरे ।

 

उनले सहकारीले आम नागरिकमा पुयाएको सेवाबाट आफु खुसी भएको बताउदै अझै विश्वास जित्न सकोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्थाको कुल शेयर पुँजी ९९ लाख ८० हजार २ सय, निक्षेप संकलन ७ करोड ९१ लाख ३८ हजार ५ सय १ रुपैया, कर्जा लगानी ८ करोड १४ लाख ९० हजार ९ सय १६ रुपैया रहेको छ भने यस बर्ष सस्थाले १७ लाख २३ हजार ८ सय २९ रुपैया खुद नाफा गरेको छ । साधारण सभामा सहकारीको आगामी रणनिति,लक्ष्य र योजनाका विषयमा जानकारी गराइएको थियो ।

 

स–सना पुँजीलाई संकलन गरी सोही पुँजीलाई परिचालन गरी बेरोजगार रहेको युवाहरुको आर्थिक तथा सामाजिकम जिवन सुदृढ गर्ने उदेश्यका साथ २५ जना शेयर सदस्यबाट सुरु गरिएको संस्थामा अहिले ७८० पुरुष तथा ६२८ जना महिला गरी १४०८ जना शेयर सदस्य रहेका छन । कार्यक्रममा शिक्षा,स्वास्थ्य र सामाजिक क्षेत्रमा रहेर काम गरिरहेको व्यक्तीलाई सम्मान गरिरहेको थियो ।

 

साधारण सभामा गणबहाल महाविरमा भिक्ष्ुा सोभित महास्थाविर,नगर मण्डप कृति विहारका अनागारिका मिना गुरुमा,आर.एस हेलिकप्टरका अध्यक्ष राज बहादुर साउद,ग्लोबल टुर एण्ड ट्राभल्सका अध्यक्ष सपिन्द्र गौतम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष योगेन्द्र दर्शनधारीले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस