जिसस पर्सामा जसपा र एमाले गठबन्धनका उम्मेदवारहरु विजयी

Post Thumbnail

दिपु वर्णवाल

जेठ २७, बिरगंज । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा जसपा र एमाले गठबन्धनका उमेदवारहरु बिजयी भएका छन। शुक्रवार सम्पन्न निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन्। भने सदस्यहरुमा पनि जसपा(एमाले गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्।

जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी ९लोसपा० का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् । उपसभापतिमा एमोलका पुरण प्रसाद कुर्मी निर्वाचित भएका छन् ।

सोनार यसअघि भएको वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

जिससको ७ जना सदस्यमा जसपाका विजयकुमार राउत, राजपति देवी र व्यान्ति देवी कुर्मी निर्वाचित भएका छन् भने एमालेका रामप्रसाद यादव, श्रीकान्ती देवी थरुनी र खलिल मिया अन्सारी निर्वाचित भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस