नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ २८, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २८,काठमाडौँ । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका १ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस