बहुप्रतिभाशाली कलाकार एम.जि तामाङको लोकप्रियता बढ्दै !

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७९ जेष्ठ २८, शनिबार (२ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

जेठ २८, धादिङ । धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका सञ्चारकर्मी तथा हाँस्य कलाकार एम जि तामाङ अहिले कार्यक्रममा ब्यस्त छन् । रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा काउकुती कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रबाट आफ्नो यात्रा सुरुवात गरेका सञ्चारकर्मी माधव घले अहिले दर्शक र श्रोताको ओठमा छुट्टै नाम एम.जि. तामाङबाट परिचित छ्न् ।
रेडियोमा काम गर्दै साङ्गितिक यात्रामा समेत यात्रा अगाडि बढएको सञ्चारकर्मी तामाङ विभिन्न राजनीतिक दलका ब्याक्तित्वहरुका आवाजको सजिलोसँग जस्ताको त्यस्तै अभिनय गर्न सिपालु छन् । आजभोली दर्शक र श्रोताका माया ममता र स्नेहका कारण दिनप्रतिदिन विभिन्न कार्यक्रम र गोष्ठी समारोहमा आफ्नो कलाकार प्रस्तुति दिन र दर्शक श्रोतालाई हँसाउन ब्यस्त छन् । यसैगरि उनले राष्ट्रिय अवार्ड समेतको टप ५ मा पर्ने सफल भएका छन्।

मायाको कसम तोड्दिन बोलका गीतबाट आरम्भ गरिएका साङ्गितिक यात्रा अरु धेरै गीतहरूमा स्वर भरिसकेका छन् भने अभिनय पनि गरिसकेका छन् । बहुकला ब्याक्तित्व सञ्चारकर्मी तथा हाँस्यकलाकार एम जि तामाङ एक मोडल पनि हो धेरै गितहरुमा मोडलिङ सम्मेत गरिसकेका छन् र स्टेज कार्यक्रमको लागि समेत भ्याइनभ्याई छन् । तामाङ दर्शक श्रोतालाई समय सापेक्ष विभिन्न बिषय बस्तु समेटेर हास्यास्पद ढंगमा झटारो हान्दै रमाइलो गर्न एकदम चलाख रहेका छन् ।

जसका माध्यमबाट उपस्थितिहरुमा समेत कार्यक्रमको लागि अत्यन्तै उल्लासमय महसुस गर्ने गर्दछ्न्। हाँस्य कलाकर तामाङ सबै दर्शक श्रोताको मन मुटुको ढुकढुकी बन्न सफल भैसकेको छ । त्यसमाथि सञ्चारकर्मी तथा हाँस्य कलाकार गायक र मोडल बहु प्रतिभाशाली हुन् अहिले उनी एमजि तामाङको नामले चर्चामा रहेका छन् । भविष्यमा राजनीतिबाट समाज सेवामा काम गर्ने मन सम्मेत रहेको उनी बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस