भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिईन्

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाण्डौ । भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिइन् । प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको निधनको बारेमा जानकारी दिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस