बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज

जेठ २९, काठमाण्डौ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’

उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।

संम्बन्धित समचार

Leave a Reply