जसपाभित्रको विवाद उत्कर्षमा, यादवविरुद्ध हस्ताक्षर अभियान !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २९, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ । पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर सुरु भएको छ । बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई समूह सक्रिय भएर लागेको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको छ । जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई निकटका नेताले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भन्दै भट्टराई पक्षका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षका नेताको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बैठक बोलाएर स्थानीय तहको निर्वाचन’ छलफल तथा आगामी निर्वाचन’ रणनीति तय गर्न माग गरिएको बताए । तर, हस्ताक्षर अभियान नै चलाएको भन्ने कुरा सत्य नभएको राईले बताए । ‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । परिणाम समेत आइसकेको छ । हामीले बैठक बसेर छलफल गर्नुपर्ने माग गरिरहेका छौं’ राईले राजधानीसँग भने, ‘पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर अभियान चलाएको भन्ने कुरा सत्य होइन ।’

ताजा अपडेट

खोजी गर्नुहोस