‘चुरे पहाडको संरक्षण हुनुपर्छ’ : पूर्वराष्ट्रपति डा. यादव

जेठ द्द९, काठमाण्डौ । पूर्वराष्ट्रपति डा रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान सम्पूर्ण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे । उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महशुस भएको बताए । पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उहाँको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply