प्रधानमन्त्री देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने

जेठ २९, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् । देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९र८० को बजेट संसदबाट पारित भएपछि सरकारमा रहेका मन्त्री बदल्ने भन्दै सो दलका उच्च तहका नेतालाई आश्वस्त पार्दै आइरहेका छन् । हाल बजेटमाथि संसदमा विषयगत छलफल जारी छ ।

‘बजेटमाथि उठेका विषयमा बहालवाला मन्त्रीले पनि जवाफ दिनुपर्ने भएका कारण मन्त्री हेरफेर रोकिएको हो, बजेट पास भएपछि मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको योजना छ, हामीलाई प्रधानमन्त्रीले त्यसरी नै आश्वस्त बनाउनु भएको छ,’ नेकपा एकीकृत समाजवादीका एक नेताले राजधानीसँग भने । सो दलका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने निर्णय पार्टीको आन्तरिक निर्णय भएकाले पार्टीले गरेको निर्णयलाई कसैले पनि रोकेर रोक्न नसक्ने बताउँदै आइरहेका छन् । उनले सार्वजनिक रूपमा नै मन्त्री फेरबदलको पक्षमा धारणा दिँदै आइरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply