सांसद प्रदीप ज्ञवाली भन्छन्-‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कस्ले गराउन लागेको हो, जवाफ चाहिन्छ’

जेठ २९, काठमाण्डौ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जवाफ मागेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता घटक दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमणमाथि प्रश्न उठाएको र त्यसबारे जवाफ माग्नु गम्भीर विषय भएको बताए ।

उनले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले अविलम्ब सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रमुख प्रतिपक्षी दल बेखबर रहेको बताए । उनले महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने, सुझाव लिने र राष्ट्रिय सहमतिको विषय बनाउने कुरा अहिलेको सरकारले छोड्दै गएको बताए ।

संम्बन्धित समचार

Leave a Reply