सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित

जेठ २९, काठमाण्डौ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।

श्रेष्ठ बाह्विसे–४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर गठबन्धनबाट खस्नु पर्ने ११ मतमध्ये विकले १० मत प्राप्त गरेका छन् । एक मत खाली रहेको थियो ।

उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भएका छन् । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल जेपीले ११ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका–४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply