देशभर दुई महिनामा विपद्का ६४४ घटनामा ६० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाण्डौ । देशभर दुई महिनामा विपद्का ६४४ घटनामा ६० जनाको मृत्यु भएको छ । यसमध्ये पनि चट्याङबाट मृत्यु हुनेको संख्या सर्वाधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणकाअनुसार गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीका ४१४, हावाहुरीको ७२, चट्याङका ५९, जंगल आगलागीका ४९, जनावर आतंकका २९, पहिरोका १२, भारी वर्षाका ४, सर्पदंशका ४ तथा बाढीका एक घटना प्रकाशमा आएका छन् ।

यीमध्ये चट्याङ लागेर मृत्यु हुनेको संख्या सर्वाधिक अर्थात् २६ छ । यस्तै, आगलागीबाट मृत्यु हुनेको संख्या १४ छ भने जनावर आतंकबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३, सर्पदंशबाट २ जनाको मृत्यु भएको छ । ती घटनामा १४८ जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । ती सबै घटनामा ८३० परिवार प्रभावित भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस