जिसस धादिङको प्रमुखमा माओवादी केन्द्रका अधिकारी र उपप्रमुखमा समाजवादीका विश्वकर्मा निर्विरोध

जेठ २९, काठमाण्डौ । जिल्ला समन्वय समिति धादिङको प्रमुखमा नेकपा माओवादी केन्द्रका नवराज अधिकारी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । ७ जना सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरु सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रवीन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी छन् ।

जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा १र१ जनाको मात्रै उम्मेदवारी परेको थियो । सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिए भने एमाले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन् । नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले शपथग्रहण र पदभारसमेत ग्रहण गरेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply