आँबुखैरेनी सडक खण्डमा राति पनि एकतर्फी गाडी संचालन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३०, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–आँबुखैरेनी खण्डमा आइतबार रातिबाट सवारी साधन सञ्चालनमा आएको छ । भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो पारिएकोले एकतर्फी रुपमा राति सडक सञ्चालमा ल्याइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गौरेले जानकारी दिए।

यात्रलाई सहज बनाउन एकतर्फी रुपमा सबै सवारीलाई रातमा पनि सञ्चालनको अनुमति दिइएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालय दमौलीले सडकसँगै रहेको पहरो काटेर सडक फराकिलो बनाएको हो । सडक बनाउने काम भइरहेकोले सडक बनाउने र खोल्ने आलोपालो गरी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हाल साँखरमा सडक डिभिजन कार्यालय तनहुँले यान्त्रिक कार्यालय डुम्रेको एक्साभेटर, लोडर र सडक डिभिजन कार्यालय हेटौंडाबाट ल्याइएको ब्रेकरले काम गरिरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा जोखिम कायम रहेको भन्दै ठूला सवारी साधन सञ्चालनमा सावधानी अपनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस