विनियोजन विधेयकमाथि आजदेखि मन्त्रीहरूले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३०, काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि सांसदहरूले उठाएको प्रश्‍नको जवाफ मन्त्रीहरूले दिँदैछन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेको प्रश्‍नहरूको जवाफ मन्त्रीहरूले आज ११ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा दिने भएका हुन् ।

आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयसँग सम्बन्धित बजेटका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस