बेलकोटगढी नगरले सात वटा एम्बुलेन्स किन्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ ३०, नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले तत्काल ७ वटा एम्बुलेन्स किन्ने भएको छ । ५१ औं नगर कार्यपालिका बैठक तथा नवनिर्वाचित मेयर जगतबहादुर गुरुङ (जगत लामा) को अध्यक्षमा बसेको पहिलो बैठकले एम्बुलेन्स किन्ने निर्णय गरेको हो ।

निर्वाचनका बेला स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने घोषणाअनुसार नगरवासीलाई सेवा प्रदान गर्न छिट्टै ७ वटा एम्बुलेन्स खरिद गर्ने नगर कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको नगर प्रमुख गुरुङले जानकारी दिए । प्रमुख गुरुङका अनुसार १३ वटा वडा रहेको बेलकोटगढीमा दुईरदुई वटा वडाको माझमा पर्ने गरी एम्बुलेन्सलाई वितरण गरिनेछ ।

‘एउटा एम्बुलेन्स नगरले राख्ने छ भने १३ वटा वडामा ६ वटा एम्बुलेन्सले नागरिकलाई सेवा प्रदान गर्ने योजनालाई कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ’, उनले भने । ती एम्बुलेन्स चालकहरु पनि नगर पालिकाले करार सेवामा पाँच वर्षसम्मका लागि नियुक्ति गर्नेछ ।

यस्तै बैठकले नगरभित्रका ६ वटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर प्रसूति सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । निर्णयहरुलाई क्रमशस् कार्यान्वयन गर्दै लैजाने उनले बताए ।

यस्तै शिक्षाको क्षेत्रमा प्रत्येक वडाको एक विद्यालयलाई बालमैत्री बनाउने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ । उनका अनुसार नगरभित्रका विद्यालयलाई बालमैत्री बनाउने सवालमा भने स्थानीय सरकारमात्रै नभएर शिक्षाका क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी विभिन्न संघ संस्थासँग सहकार्यमा गर्ने पनि उनले प्रस्ट पारे ।

‘कुन विद्यालयलाई बालमैत्री बनाउने भन्ने सवालमा वडाले नै छान्नुपर्ने छ’, उनले भने, ‘सामुदायिक विद्यालयमा पुरानत सोचबाट अध्ययन भइरहेकोले नयाँ सोचका साथ सामुदायिक विद्यालयलाई पनि परिवर्तन गर्ने नीति र योजनाका विषयमा बेलकोटगढी नगरपालिकाले चासोका साथ हेरिरहेको छ ।’

बालबालिकालाई विद्यालयमा राख्ने वातावरण राम्रो भएको खण्डमा विद्यालय आउन उनीहरुलाई चासो बढ्ने उनको विश्वास छ ।

मेयर लामाले ५ वर्षको कार्यकाललाई उदाहरणीय बनाउन आफू लागि पर्ने बताए । तत्कालीन नेतृत्वले प्रशासकीय भवन, सडक पूर्वाधार निर्माणमा खास उपलब्धि हासिल गर्न नसकेकोले आफूले त्यसलाई पनि प्राथमिकता साथ अगाडि बढाउने योजना रहेको नगर प्रमुख लामाले सुनाए ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गुरुङ नेकपा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । बेलकोटगढीमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस