‘बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश हुन्छ’ : प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस