जिसस गोरखाका प्रमुख र उपप्रमुखदेखि सदस्यमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्विरोध !

जेठ ३०, काठमाण्डौ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख र उपप्रमुखदेखि सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा मोहनबहादुर थापा र उपप्रमुखमा लीला परियार निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरूमा मोहन ढकाल, शिव रेग्मी, महमत हकिम, गंगा बयलकोटी, मीरा उपकरकोटी, प्रविना घले र इन्दिरा देवकोटा चयन भएका छन् । ११ स्थानीय तह रहेको गोरखामा माओवादीले ९ पालिका प्रमुख जितेको थियो। जिससमा पालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

संम्बन्धित समचार

Leave a Reply